प्रवास

फेदीखोला सेरोफेरो समाज युकेद्वारा बाढिपिडितलाई १० लाख सहयोग

युके । स्याङजाको फेदिखोला वडा नं. १ र २ का विभिन्न गाउँमा घर भै हाल युकेमा बसोबास गर्नेहरुको साझा संस्था फेदीखोला सेरोफेरो समाजले रसुवा बाढिपिडितहरुको सहयोगका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । समाजले बाढिपिडितहरुको लागि सहयोग स्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।

फेदीखोलाका रामकोट, कुडुले, कर्मिडाडाँ, चारघरे, मट्टिखान, देउराली, लगायतका गाउँहरुबाट युकेमा पुगी बसोबास गरेका समाजमा आवद्ध विभिन्न व्यक्तिहरुले स्वतस्फुर्त रुपमा रकम संकलन गरी सहयोग गरिएको फेदीखोला सेरोफेरो समाज युके अध्यक्ष हरि गुरुङले जानकारी दिए ।