कास्की । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चितवनका पत्रकार चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन् । कास्किको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङ एक दशक भन्दा बढिदेखि पत्रकारितामा सक्रिय छन् । मुख्यतया छापा…