तमु प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा पुनः हितकाजी गुरुङ निर्वाचित

पोखरा । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमु प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा पुनः हितकाजी गुरुङ निर्वाचित भएको छ । आईतबार पोखरामा सम्पन्न संघको सातौ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः हितकाजी गुरुङलाई निर्वाचित गरेको हो । यसअघि संघको अध्यक्षमा दुई कार्यकाल पुरा गरिसकेका गुरुङ ३ वर्षपछि पुनः नेतृत्वमा आएका हुन् ।…