ब्यानर

तमु प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा पुनः हितकाजी गुरुङ निर्वाचित

पोखरा । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमु प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा पुनः हितकाजी गुरुङ निर्वाचित भएको छ । आईतबार पोखरामा सम्पन्न संघको सातौ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः हितकाजी गुरुङलाई निर्वाचित गरेको हो । यसअघि संघको अध्यक्षमा दुई कार्यकाल पुरा गरिसकेका गुरुङ ३ वर्षपछि पुनः नेतृत्वमा आएका हुन् ।

महाधिवेशनले संघको पदाधिकारीहरु मध्य वरिष्ठ उपाध्यक्षमा पुनः एकाजङ्ग गुरुङलाई निर्वाचित गरेको छ भने प्रदेशस्तरीय उपाध्यक्षतर्फ हर्क बहादुर गुरुङ (गण्डकी), तुलाराम गुरुङ (बागमती), देवी गुरुङ (लुम्विनी) धर्मराज गुरुङ (कोशी), नरेन्द्र गुरुङ (कोशी)लाई निर्वाचित गरेको छ ।

यस्तै अन्य पदाधिकारीतर्फ महासचिवमा अर्जुन गुरुङ, सह–महासचिवमा इन्द्रकुमारी गुरुङ, उपमहासचिवमा बम बहादुर गुरुङ, सचिवमा शेखर गुरुङ, कोषाध्यक्षमा मन्जु गुरुङ र सह–कोषाध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा सुवेदार ओम बहादुर गुरुङ, लालजित गुरुङ, अमृता गुरुङ, हरिकुमारी गुरुङ, शमशेर बहादुर गुरुङ, जमुन गुरुङ, जसबहादुर गुरुङ, रमा गुरुङ, महेन्द्र गुरुङ, घमानसिंह गुरुङ, तिलप्रसाद गुरुङ, कमलप्रसाद गुरुङ, प्रेमकुमारी गुरुङ, देउकुमार गुरुङ, युद्धजंग गुरुङ, मोमप्रसाद गुरुङ, सुकमाया गुरुङ, लोक बहादुर गुरुङ, धनमाया गुरुङ, क्या. लोककृष्ण गुरुङ, दुर्गालक्ष्मी गुरुङ, पुष्पकला गुरुङ, सुशिल गुरुङ, केशवराज गुरुङ र सोमराज गुरुङ निर्वाचित भएका छन् । साथै विभागीय समिति भने पछि नयाँ कार्यसमितिले चयन गर्नेछ ।