काठमाण्डौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आगनमै आईपुगेको छ । चेलीमाईतिको सम्बन्ध प्रगाढ बनाउने पर्व, झिलिमिलि उज्यालोको पर्व जस्ता विविध विशेषताले भरिएको महत्वपूर्ण नाचगान गरेर देउसी भैलो खेल्ने भएर अझ विशेष रमाईलो पर्वको रुपमा हेर्ने गरिन्छ ।
यहि तिहारको अवसर पारेर लोकगायिका कुसुम गुरुङले देउसीभैलो लक्षित नयाँ गीत ‘भैलेनी आयौँ दुनियाँ…’ बजारमा ल्याएको छ । बुधबार उनको आफ्नै आधिकारिक युट्युब च्यानल कुसुम कुमारी गुरुङबाट देउसीभैलो लक्षित नयाँ गीत ‘भैलेनी आयौँ दुनियाँ…’ सार्वजनिक गरेको हो ।
गायीका कुसुम गुरुङ र तृतीया गुरुङले स्वर भरेको गीतमा लय कुसुम गुरुङ र शब्द, संगीत सुशील भट्टराईले गरेका छन् ।
गीतको लिंक





