तमू संघ चितवनको अध्यक्षमा किशोर गुरूङ

नारायणघाट । नेपाली कांग्रेसको भातृ संगठन तमू (गुरूङ) संघ नेपाल, चितवनको अध्यक्षमा किशोर गुरूङ चयन भएका छन् । शनिबार नारायणघाटमा भएको पहिलो जिल्ला अधिवेशनले गुरूङको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका अग्रज नेता टेकप्रसाद गुरूङको विशेष उपस्थितिमा चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा लेखबहादुर गुरूङ, सचिवमा नीरकुमार गुरूङ…