टोकियो । तमू धीं जापानले विभिन्न सांस्कृतिक कार्यक्रमसहित मुप्री ल्होको बिदाइ तथा सप्री ल्होको स्वागत गर्दै तमू ल्होसार/ल्होछार मनाएको छ। टोकियोस्थित इकेगामी हलमा भव्य कार्यक्रम आयोजना गरी ३०औँ तमू ल्होसार/ल्होछार मनाएको हो। जापानमा रहेका तमू समुदायको ठूलो उपस्थिति रहेको कार्यक्रमको सुरुवाती चरणमा लम गुरू सन्दीप तमूको हातबाट रिपा लगाउने, ग्रहदशा काट्ने काम भएको थियो। स्थानीय…