लन्डन । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध चयन भएका छन् ।
शनिबार भएको १३औं अधिवेशनअन्तर्गत मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार जुमकाजी नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध भएको छ । अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
पदाधिकारी तथा सदस्यमा को को चयन भए भन्नेबारे यही डिसेम्बर १४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने संयोजक एकेन्द्रले बताए ।