प्रहरी सेवामा एआइजी बुद्धिराज गुरूङ

सम्राट गुरूङ    वि.सं.२०१७ कात्तिक ३० गते ताप्लेजुङको फुङलिङ, खरिबोटेमा जन्मिनुभएका बुद्धिराज गुरूङ नेपाल प्रहरीको बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हुनुहुन्छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यविभाग प्रमुखको रूपमा कार्यरत उहाँ बुबा स्व. खड्गबहादुर र आमा स्व. कौशिलाको कान्छो सन्तान हुनुहुन्छ। हाल ललितपुर महानगरपालिका वडा नं.४, बागडोलमा स्थायी बसोबास गर्दै आउनुभएका बुद्धिराजका एक दाइ र दुई दिदी…