पोखरा। तमु धिं नेपाल केन्द्रीय युवा समितिको आयोजनामा पोखरामा सोमबारदेखि एक महिने तमु जातिको लोपोन्मुख छ्याँडु नृत्य प्रशिक्षण शुरु भएको छ । युवा पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण भन्ने नाराका साथ युवा समितिले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षण शुरु गरेको हो । तमु धिं नेपालको प्रांगणमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले प्रशिक्षणको उद्घाटन गर्नुभएको हो…