प्ये ल्हु संघ चितवनले गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको प्रशिक्षण अभियान चलाउने

चितवन । गुरुङहरुको धर्मसंस्कार, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषाको संरक्षण, सम्बद्र्धनका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनले जिल्लाका गाउँगाउँमा मातृभाषा र प्ये ताँ ल्हु ताँको बारे प्रशिक्षण अभियान चलाउने भएको छ । शनिबार चितवनमा एक कार्यक्रमको आयोजना गरि संघले आफ्नो भावी योजना सार्वजनिक गर्दै यस्तो अभियान चलाउने जानकारी दिएको हो । आफ्नै मौलिक धर्म…