सिन्धुली । तमुधिँ युकेको आर्थिक सहयोगमा गोलन्जोर गाउँपालिका ४ काउलेमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । अहिलेको युगमा पनि बोकेर पानी खानुपर्ने स्थितिमा रहेका काउलेबासीका लागि तमुधिँ युकेको सहयोगमा स्थायी पानीको मुहान पहिचान गरी पानी पुर्याएपछि समस्या समाधान भएको हो । काउलेको खानेपानी समस्या समाधान गर्नका लागि लिफ्ट सिचाईबाट समेत पानीको व्यवस्था गरिएको थियो…