चितवन। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति चितवनले जिल्लामा क्रियाशील तमू संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग परिचयात्मक, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा सचिवसहित तमू समुदायको संरक्षण र सामाजिक क्षेत्रमा योगदान पुर्याएका समाजसेवीलाई सम्मान गरिएको छ। नयाँ कार्यसमिति चयन भएसँगै तमू संघ–संस्थाबीच आपसी परिचय, सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले…