‘खेमराज गुरुङ ट्रष्ट’को सम्मान वरिष्ठ संगीतकार मोक्तानलाई

काठमाडौँ । स्वर्गीय गायक तथा सर्जक खेमराज गुरूङको नाममा स्थापना भएको ‘खेमराज गुरुङ ट्रष्ट’ले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई प्रदान गरेको छ। खेमराज गुरुङको आठौँ वार्षिक पुन्यतिथिको अवसरमा आयोजित स्मृतिसभा एवम् स्रष्टा सम्मान तथा प्रतिभा पुरस्कार कार्यक्रममार्फत नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र स्वर्गीय खेमराज गुरुङकी आमा तुलसीमाया गुरुङले वरिष्ठ संगीतकर्मी…