हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ

काठमाडौं । हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन भएकी छिन् । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुन् । हङकङ सरकारले सन् २०२४ देखि ०२७ सम्मका लागि जिल्ला परिषद् सदस्य…