सम्राट गुरूङ वि.सं.२०१७ कात्तिक ३० गते ताप्लेजुङको फुङलिङ, खरिबोटेमा जन्मिनुभएका बुद्धिराज गुरूङ नेपाल प्रहरीको बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हुनुहुन्छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यविभाग प्रमुखको रूपमा कार्यरत उहाँ बुबा स्व. खड्गबहादुर र आमा स्व. कौशिलाको कान्छो सन्तान हुनुहुन्छ। हाल ललितपुर महानगरपालिका वडा नं.४, बागडोलमा स्थायी बसोबास गर्दै आउनुभएका बुद्धिराजका एक दाइ र दुई दिदी…