काठमाडौं : तमू बौद्ध सेवा समितिले आफ्नो ३६औं स्थापना दिवस भब्यताकासाथ मनाइरहेको छ । यस अवसरमा काठमाडौंको अनामनगरस्थित समितिको कार्यालय भवनमा तीन दिने विशेष कार्यक्रमको आयोजना गरिएको छ । पहिलो दिनको कार्यक्रम अनुसार आइतबार समितिको गुम्बामा बुम अर्थात ह्युमपती अर्थात सतसहस्रिका प्रज्ञापारमिता पाठ गरिएको छ । बौद्ध धर्म शास्त्र त्रिपिटक अन्तर्गतको शुन्यतामा आधारित गंभीर दर्शन…