चितवन । वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले आउँदो भदौ ७ (अगष्ट २३) गते हुने भनिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। संघको यसअघि महासचिव भएर काम गरिसकेका उनले पर्यटन व्यवसायको क्षेत्रमा लामो समयदेखि सङ्गालेको अनुभव, काम गर्ने योग्यता र क्षमता प्रदर्शन गर्नको लागि नेतृत्वमा आउन चाहेको बताएका छन्। तीन वर्षको अवधिमा उनले…