पोखरा । तनहुँको शुक्लागण्डकी नरपालिका १२ ढोर जस्पुरका एकै परिवारका बाबुछोरा प्यारालाइसिसले अशक्त छन् । बुवा अक्कलबहादुर गुरुङ र छोरा ध्रुव गुरुङ प्यारालाइसिसबाट अशक्त भएपछि उनीहरुलाई आर्थिक समस्या परेको थियो । अक्कल र ध्रुवको उपचार र पारिवारिक व्यवस्थापनका लागि ढोर फिरफिरे समाज युकेको तर्फबाट २ लाख ३८ हजार ३०८ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।…