भरतपुर । तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा सीतादेवी गुरूङ निर्वाचित भएकी छन्। भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा भएको सातौँ जिल्ला अधिवेशनमा भारी मतसहित सीतादेवी गुरूङ निर्वाचित भएकी हुन्। कुल खसेको ४९ मतमध्ये उनको पक्षमा ३७ र प्रतिद्वन्द्वी पूर्णकुमारी गुरूङको पक्षमा जम्मा १२ मत खसेको थियो। संस्थाको विधानअनुसार गाउँपालिकाबाट अध्यक्षसहित सात जना,…