संस्कृति जोगाउन पोखरामा छ्याँडु नृत्यको प्रशिक्षण

पोखरा । तमू धीँ नेपाल केन्द्रीय युवा समितिको आयोजनामा पोखरामा भदौ ३ गतेदेखि एक महिने छ्याँडु नृत्य प्रशिक्षण शुरु भएको छ। तमू जातिको लोपोन्मुख संस्कृतिलाई युवा पुस्तासमक्ष हस्तान्तरण गराउने योजनासहित छ्याँडु नृत्यको प्रशिक्षण शुरु गरिएको हो। युवा समितिले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षण शुरु गरेको हो। तमू धीँ नेपालको प्राङ्गणमा दैनिक ४५ जनाको उपस्तिथिमा छ्याँडु…