नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन गुरुङ

तनहुँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवन इच्छाकामनाका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो। नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचिवमा…