पोखरा । तमू धीं नेपालले ४०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा सचिव जुनाकुमारी गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले गुरुङ जातिको कला, संस्कृति र भाषा बचाउन सबै लाग्नुपर्ने बताए। पुरानो पुस्ताबाट नयाँ पुस्तामा भाषा, कला, संस्कृति…