तुलमान गुरुङ चितवन । तमू प्ये ल्हु संघ चितवनले मङ्गलबार ट्हो त्हेँ पर्व मनाएको छ । गाउँघरको रक्षाका लागि मनाइने यस पर्व लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्ने उद्देश्यले मनाइएको तमू प्ये ल्हु संघ चितवनले जनाएको छ। गुरूङ समुदायमा पुस्तौँदेखि चलिआएको रीत प्राविधिक युगको आगमनसँगै बसाइँसराइका कारण हराउने अवस्थामा आइपुगेपछि पुस्तान्तरणमा समस्या नहोस् भनेर हरेक…