व्यवसायी सुनिल गुरुङलाई तमू समाज युकेद्वारा ‘उत्कृष्ट समाज सेवा सम्मान’

शिवकुमार गुरुङ, लण्डन ।  तमू समाज युकेले नेपालका ख्यातिप्राप्त व्यवसायी तथा समाजसेवी सुनिल गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ। संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङमार्फत गुरुङ परम्परागत फेटा लगाएर सम्मान गरिएको हो। लण्डनस्थित सडबरी ग्रीनफोर्डमा संस्थाकी अध्यक्ष विन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न विशेष समारोहमा व्यवसायी एवम् समाजसेवी सुनिल गुरुङलाई भव्य स्वागत गर्दै उक्त सम्मान प्रदान…