गुरुङ विशेष

तमूस्यो ह्युल छोंज धीं भरतपुर महानगरमा मञ्जु गुरुङ

चितवन । तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् भरतपुर महानगर समितिको अध्यक्षमा पुनः मञ्जु गुरूङ चयन भएकी छन्। संस्थाको पाँचौँ अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि पुनः मञ्जु गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो।

उपाध्यक्षमा आशु गुरूङ, सचिवमा सङ्गीता गुरूङ, सङ्गठन सचिवमा चिनीमाया गुरूङ, प्रचार सचिवमा श्रीकला गुरूङ, कोषाध्यक्षमा फरिदाकुमारी गुरूङ र सहकोषाध्यक्षमा जानुका गुरूङ चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरुमा हीरा घले, सन्तु गुरूङ, चन्द्रकुमारी गुरूङ, धनु गुरूङ, विनु गुरूङ, आशा गुरूङ, सीतामाया गुरूङ र शान्तामाया गुरूङ चयन भएका छन्। महाबौद्ध गुम्बा तीनखोलेमा सम्पन्न अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको हो।