लमजुङका कमललाई तमू स्रष्टा सम्मान

लमजुङ । तमू कलाकार कमलबहादुर गुरुङलाई तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिले सम्मान गरेको छ। तमू विद्यार्थी छोंज धीं केन्द्रीय समितिको १२औं महाधिवेशनको क्रममा कमलबहादुरलाई तनहुँको दमौलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत सम्मान गरिएको हो। कमलबहादुर पछिल्लो समय गुरुङ चलचित्र निर्देशनमा व्यस्त छन्। गुरुङ समुदायको संस्कृति, कला, नृत्य, गीतसंगीत तथा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको…