काठमाडौं । तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङ नेतृत्वको टोली विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगे । अरु बेलाको भन्दा फरक शैलीमा उनीहरु बालुवाटार पुगेका थिए । भेषभूषामा सजिएर पुगेका उनीहरुले प्रधानमन्त्रीका लागि रोटीरक्सी र अचार कोशेली पनि लगेका थिए । तमू ल्होछार (पुस १५) को प्रमुख अतिथिको निम्तो दिनका लागि…