गोरखाको धार्चेमा जीतबहादुर गुरुङको परिवार पहिरोमा बेपत्ता

गोर्खा । गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो । पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती ३५ वर्षीया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय…