गुरुङ प्रसारण दिवस मनाइयो, गुरुङन्युज डटकमको पुनः प्रकाशन शुभारम्भ

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पहिलो पटक गुरुङ प्रसारण दिवस मनाएको छ । २०५१ भदौ १ गतेबाट रेडियो नेपालमा तमू भाषामा समाचार प्रसारण भएको दिनको अवसरमा गुरुङ प्रसारण दिवस मनाउन थालिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले गुरुङ न्युज डटकमको शुभारम्भ गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । मन्त्री गुरुङले ल्यापटपमा…