ब्यानर

एट्जोनका संस्थापक एवं पूर्वमहासचिव रोशनी गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा चयन

कास्की । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)का संस्थापक एवं पूर्वमहासचिव रोशनी गुरुङ गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा चयन भएको छ । शनिबार पोखरामा सम्पन्न मञ्चको चौथो महाधिवेशनले रोशनी (रोश्मी) गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ चयन भएका छन् ।

कार्यसमितिको एक सदस्य भने पहिलो बैठकबाट मनोनीत गरिने मञ्चले जनाएको छ ।