गीत–संगीत

लोकदोहोरी गीता प्रतिष्ठानको केन्द्रीय सह–कोषाध्यक्षमा जालुमाया गुरुङ निर्वाचित

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महोत्तरीको बर्दिबासमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशन बाट महिला सह–कोषाध्यक्ष पदमा रोल्पाको गुरुङ गाउँमा जन्मिनु भएकी गायिका जालुमाया गुरुङले अन्टी लबरकी गायिका कला लम्साललाई पछाडी पार्दै अत्यधिक भारी मतका साथ निर्वाचित हुनु भएकीछिन ।

निर्वाचित गुरुङ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य हुन भने तमु (गुरुङ)ं कलाकार संघ नेपालका केन्द्रिय समितिका वैदेशिक बिभाग प्रमुख समेत हुन ।

सानै उमेर देखि गीत संगीत क्षेत्रमा लाग्नु भएकी गुरुङ लोकदोहोरी प्रतियोगितामा भाग लिन विभिन्न जिल्लामा सहभागी भई कठिन संघर्षका दिनहरू पार गर्दै मुटुमा लोकदोहोरी र रगतका नसानसामा लोकदोहोरी बोक्दै कलाकार बन्ने इच्छा र रहर बोकेर काठमाण्डौ आउनु भएकी थिईन। गुरुङ सांगीतिक कार्यक्रमको लागी नेपालका विभिन्न जिल्लाका स्थानहरुमा र नेपाल बाहिर विभिन्न देशहरुको यात्रा गरि सक्नु भएकीछिन।

हाल महोत्तरीको बर्दिबासमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९ औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको संस्थागत बिकास र सांगठनिक जिम्मेवारी लाई आत्मसात् गर्दै प्रतिष्ठानको विधि बिधान ,उद्देश्य र केन्द्रिय समितिले अबलम्बन गरेका निति तथा कार्यक्रमहरुमा कटिबद्ध रहि सृजनात्मक एवं रचनात्मक कार्यहरू सम्पन्न गर्दै संस्थाको गरिमा थप उँचो बनाउनको निम्ति इमानदारीपुर्वक कर्तव्य निर्वहन गर्नु भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत् प्रतिष्ठान नेपाल द्वारा उत्कृष्ट बर्ष महिला(२०८३ बाट सम्मानित हुनु भएकी थिईन ।