कास्की । तमू प्ये ल्हु संघ केन्द्रीय महिला समितिको अध्यक्षमा पूर्णिमा गुरुङ चयन भएको छ । शनिबार पोखरामा सम्पन्न समितिको आठौं महाधिवेशनले संघको केन्द्रीय महिला समितिको अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।
समितिको पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा देवी गुरुङ, प्रथम उपाध्यक्षमा बुद्धि कुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा प्रेम कुमारी गुरुङ, महासचिवमा ममता गुरुङ, सचिवमा राखी गुरुङ, कोषाध्यक्षमा शारदा गुरुङ, सह–कोषाध्यक्षमा सुकमाया गुरुङ र सह–सचिवमा ओसुब्बा गुरुङ सहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै अधिवेशनको अवसरमा वरिष्ठ तमू सञ्चारकर्मी अनिता गुरुङलाई सफल तमू नारी सम्मानले सम्मानित समेत गरिएको थियो ।





