ब्यानर

गुरुङ साहित्यिक मञ्चद्वारा प्ये ल्हु संघ हङकङका अध्यक्ष मन गुरुङ सहित ३ जना सम्मानित

कास्की । गुरुङ साहित्यिक मञ्च नेपालद्वारा तमू प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङ सहित ३ जनालाई सम्मान गरेको छ । शनिबार पोखरामा सम्पन्न मञ्चको चौथो महाधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने अन्य व्यक्तित्वहरुमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ र गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्यद्वय बालकाशी गुरुङ र श्रीजङ गुरुङ रहेका छन् ।