समाचार

अमेरिकामा रहेका मकानसिंह गुरुङद्वारा ढालाका अग्निपीडितलाई १५ हजार सहयोग

जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका–६ ढालाका अग्निपीडित वीरबहादुर गुरुङलाई अमेरिका निवासी मकानसिंह गुरुङले नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

स्थायी घर ढाला भई हाल अमेरिकामा बस्दै आएका गुरुङले नेपालमा रहेका परिवारमार्फत शनिबार अग्निपीडित गुरुङलाई उक्त रकम सहयोग गरेका हुन्।

गत असार २६ गते विद्युत् सर्ट भएर लागेको आगलागीबाट वीरबहादुर गुरुङको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। विपद्को समयमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो।