काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औं स्थापना दिवस तथा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको अवसरमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वअध्यक्ष डण्ड गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित समारोहमा गुरुङलाई ३१ हजार रुपियाँ नगदसहित सो सम्मान प्रदान गरिएको हो ।
गुरुङसहित सोही सम्मानबाट सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बिमला तुम्खेवालाई सम्मान गरिएको छ ।
साथै मातृभाषा पत्रकारिता सम्मान लहाना साप्ताहिकलाई प्रदान गरिएको छ । त्यस्तै पत्रकारिता पुरस्कारबाट सरिता श्रेष्ठ, तिर्थमान बल र अविनास चौधरीलाई प्रदान गरिएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यालय प्रमुख राम मादेनले सम्मानित र पुरस्कृत व्यत्तित्वहरुलाई सम्मानपत्र, नगद, दोसल्ला प्रदान गरेका थिए ।
फोनिज स्थापना दिवसको अवसरमा काठमाडौंमा आज बिहान प्रभातफेरीको आयोजना गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा एटजोनको तर्फबाट पत्रकारितामाा तमूहरुको सवालका विषयमा अध्यक्ष लाला गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले प्रस्तुति दिएका थिए ।






