पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको आयोजनामा एकदिने खोजपत्रकारिता तालिम सम्पन्न भएको छ । शनिबार पोखरा स्थित होटल एलिगेन्ट प्रा.लि.को सभाहलमा तालिम सम्पन्न भएको हो ।
तालिमको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले समुद्घाटन गर्नुभएको थियो । करिब ७० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको तालिम कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोन्धन गर्दै समावेशी देश निर्माणमा सञ्चारकर्मीको अहम भूमिका रहेको बताउनुभयो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको आयोजना गरेको तालिममा वरिष्ठ पत्रकारद्वय हुम गुरुङ र शान्ति गुरुङले सहजिकरण गरिएको थियो ।





