ब्यानर

जिटिनले मनायो १४औं स्थापना दिवस साथै तमू ल्होछारको शुभकामना आदानप्रदान

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले स्थापना भएको १४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा वित्त आयोगका कायवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी जुद्धबहादुर गुरुङ र जीटिनका अध्यक्ष पिताम्बर गुरुङले संयुक्त रुपमा केक काटेर जीटिनले स्थापना दिवस मनाएको छ । जीटिनका अध्यक्ष पिताम्बर गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै जीटिनले गर्दै आएको कामबारे जानकारी गराउनुहुदैं स्थापना दिवस र तमू ल्होछारको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो । अध्यक्ष गुरुङले जीटिनले प्रकाशन गर्न लागेको स्मारिकाको बारेमा समेत जानकारी गराउनुभयो ।

स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राख्नुहुँदै आयोगका कार्यवाहक अध्यक्ष गुरुङले नेपालको पर्यटकीय क्षेत्र अन्नपूर्ण लगायतका क्षेत्रहरु विश्वको उत्कृष्ट गन्तब्यमा पर्ने उल्लेख गर्नुभयो । जीटिनले पर्यटन प्रवद्र्धनमा गरेको योगदानबारे चर्चा गर्नुभयो । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषी भण्डारीले पर्यटकीय क्षेत्रमा ईतिहास बोकेको गुरुङ जाति संस्कृतिक रुपमा धनी रहेको बताउनुभयो । उहाँले जीटिन पर्यटकीय क्षेत्रमा स्थापित नाम रहेको र जीटिनले हरेक संस्थाका व्यक्तित्वहरुलाई निर्णयक तहमा पु¥याउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा योगदान गर्दै आएको उल्लेख गर्नुभयो । एनटिबी बोर्ड सदस्य भण्डारीले जीटिनले स्थापना गरेको ‘जीटिन पर्यटन मजदूर कोष्ॉ स्थापनाबारे चर्चा गर्दै व्यक्तिगत तर्फबाट कोषका लागि पचास हजार रुपैंयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

कर्यक्रममा नेपाल पर्वतारोहण संघ ९एनएमए०का पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, उद्योग वाणिज्य महासंघका सदस्य रामशरण थपलिया, तामाङ पर्यटन व्यवसायीहरुको छाता संस्था रिमठिमका अध्यक्ष सरिता लामा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । जीटिनका पूर्वअध्यक्ष अम्बिरबहादुर गुरुङले जीटिनले पर्यटन क्षेत्रमा खटिदा घाइते भएका र मृत्यु भएकालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गर्ने उद्धेश्यले कोषको स्थापना गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अनक्लाइम्ब पिक आरोहण गर्न सफल भएका आरोहीहरुलाई सम्मान गरिएको थियो । जीटिनका उपाध्यक्ष बाबुराम गुरुङले समापन गर्नुभएको कार्यक्रमा जीटिनका महासचिव जय गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषामा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्यटनसंग जोडिएका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
ीबबि