केन्ट । फूलै–फूलको बगैँचा भनेर चिनिने बेलायतको एकदमै सुन्दर ठाउँ केन्टमा बसोबास गरिरहनु भएका तमु (गुरुङ) समुदायको संस्था गुरुङ सोसाइटी केन्ट युकेले तमु समुदायको महान पर्व तमु ल्होसार–२०८२ त–ल्हो (घोडा वर्ग) भव्य र सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। केन्टको फोकस्टोन स्थित हकिङज कम्युनिटी सेन्टरमा मंगलबार, ३० डिसेम्बर २०२५ का दिन सम्पन्न उक्त कार्यक्रममा सप्रि–ल्हो (सर्प वर्ग) लाई बिदाइ गर्दै त–ल्हो ९घोडा वर्ग० लाई स्वागत गरिएको थियो।
कार्यक्रम समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। औपचारिक कार्यक्रमको सुरुवातमा समाजका सचिव बसन्त गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी प्रस्तुत गरे भने द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक तोरण गुरुङले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्य राखे। औपचारिक कार्यक्रम महासचिव पवित्र गुरुङद्वारा औपचारिक रूपमा सञ्चालन गरिएको थियो।
समाजका अध्यक्ष गोलमान गुरुङ र प्रमुख अतिथि क्याप्टेन रिटायर्ड देबीजङ गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको उदघाटन गरे।
यस वर्षको तमु ल्होसार कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ नागरिक क्याप्टेन रिटायर्ड देबीजङ गुरुङ तथा उहाँकी धर्मपत्नी भयो गुरुङ रहनु भएको थियो। विशेष अतिथिहरूमा लेप्टेनेन्ट कर्नेल ललित गुरुङ एमभीओ र धर्मपत्नी, १ आरजीआर का गोर्खा मेजर बबिन्द्र गुरुङ र धर्मपत्नी, १ आरजीआर का रेजिमेन्टल सार्जेन्ट मेजर हेमराज राना र धर्मपत्नी, सगरमाथा गोर्खा नेपलीज कम्युनिटी आशफोर्ड केन्टका उपाध्यक्ष मेजर रिटायर्ड मिलन चन्द्र राई र धर्मपत्नी, फोकस्टोन नेपाली कम्युनिटीका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमन चन्द्र राई, आश्मी ज्वेलर्सका सञ्चालक भरत श्रेष्ठ र सुपुत्र साथै तमु धी युकेका पूर्व अध्यक्ष हरि गुरुङ र धर्मपत्नीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा ल्होसारको शुभकामना आदान–प्रदान सँगै जीसीएसई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी सुश्री मेहेना गुरुङलाई ब्राइट फ्युचर अवार्ड २०२५ प्रदान गरी सम्मान गरिएको थियो। साथै, समाज प्रति निरन्तर र अतुलनीय योगदान पुर्याउँदै आएका समाजका दुईजना सदस्यहरू गौतम गुरुङ र लक्ष्मी घलेलाई योगदानको कदरस्वरूप २०२५ को प्रशंसा पत्र प्रदान गरिएको थियो। त्यसै गरी विभिन्न स्थानमा उत्कृष्ट नृत्यहरू प्रस्तुति गरे बापत नानीहरूस निलु गुरुङ, संस्कृति गुरुङ, निग्चेन गुरुङ र एञ्जल गुरुङलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव उमा देवी गुरुङ र सह–सांस्कृतिक सचिव निर्मला गुरुङको संयोजनमा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरू एञ्जल गुरुङ, सृष्टि गुरुङ, प्रितिका गुरुङ, आश्मा गुरुङ, निलु गुरुङ, निग्चेन गुरुङ, संस्कृति गुरुङ र रोजिना गुरुङले गुरुङ अनि नेपाली भाषाका गीतहरूमा सुन्दर नृत्यहरू प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए। साथै, स्थानीय गायक अमृत गुरुङको प्रस्तुति पनि दर्शकहरूका लागि विशेष आकर्षण रह्यो। नेपालबाट बेलायत सांगीतिक यात्रामा रहेका चर्चित लोक तथा दोहोरी गायक मौसम गुरुङ र गायिका सुनिला गुरुङको विशेष सांगीतिक प्रस्तुतिले ल्होसार साँझलाई अझै अविस्मरणीय बनाएको थियो।
कार्यक्रममा गुरुङ भेषभूषा प्रतियोगिता समेत आयोजना गरिएको थियो। जसमा पुरुष तर्फ बाबु लेख गुरुङ र महिलातर्फ नानी युवरानी गुरुङ विजयी भए। कार्यक्रममा समाजकी महिला संयोजक इशु गुरुङ र हिरा घलेद्वारा सञ्चालन गरिएको भाग्यशाली चिट्ठा ९राफल ड्र० अन्तर्गत प्रथम पुरस्कार स्वरूप आधा तोला सुन लक्ष्मी घलेले विजय हासिल गरिन। ‘राफल ड्र’ मा अन्य आकर्षक पुरस्कारहरू पनि समावेश गरिएको थियो। साथै, समाजका सदस्यहरूले आर्थिक सहयोग गरिएको ‘राफल ड्र’ मा गोर्खा भिल्ला आशफोर्डले डिनर भाउचर, गोर्खा हिल र एभरेस्ट क्यास एन्ड क्यारीले पनि आर्थिक सहयोग प्रायोजन गरी कार्यक्रमलाई थप सफल बनाउन सहयोग गरेका थिए।
कार्यक्रमको व्यवस्थापनमा विभिन्न सहयोगी हातहरूको महत्वपूर्ण योगदान रहेको थियो। लेमन लिफ रेस्टुरेन्ट फोकस्टोनले भोजन व्यवस्थापन, गंगाराज राईले पीए सिस्टम र सुशी गुरुङ लिम्बुले सजावटको जिम्मेवारी सम्हाल्नु भएको थियो। कलाकारहरूका लागि मेजरनी श्रीमती सुधा गुरुङ र परिवारले १२ बक्स आकर्षक उपहारहरू प्रायोजन गर्नु भएको थियो भने सुलभ गुरुङ र परिवारले सम्पूर्ण छपाइ सामग्रीको प्रायोजन गर्नु भएको थियो।
समाजका कोषाध्यक्ष मान बहादुर गुरुङ, सह–कोषाध्यक्ष सन्तोष गुरुङ ९क०, सन्तोष गुरुङ ९ख०, खाना संयोजक नरेन्द्र गुरुङ, पेय पदार्थ संयोजक गणेश गुरुङ, महिला संयोजक इशु गुरुङ र हिरा घले लगायत कार्यसमिति सदस्य तथा सल्लाहकारहरूले प्रवेशद्वार देखि स्वागत र सम्पूर्ण व्यवस्थापन सम्म उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको समापनमा समाजका अध्यक्ष गोलमान गुरुङले ल्होसारको शुभकामना सहित गुरुङ भाषा, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज साथै भेषभूषाको संरक्षण र संवर्द्धन गर्नु पर्नेमा जोड दिए। साथै बंशजको आधारमा गोर्खाहरूको नागरिकता निरन्तरता सम्बन्धी सबैलाई जानकारी गराए। कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै प्रति धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्ष गुरुङले सबैलाई तमु ल्होसार २०८२ र अंग्रेजी नयाँ वर्षको शुभकामना दिए।
अन्तमा आमाबाबु देखि युवायुवती र बालबालिका सबै सहभागीले उत्साहपूर्वक रमाइलो नाचगानमा सहभागी भई कार्यक्रमलाई झनै उल्लासमय र अविस्मरणीय बनाएका थिए।






