ब्यानर

तमू ल्होछारको अवसरमा पहिलो तमू फोटो प्रतियोगिता

काठमाडौं । तमू ल्होसार २०८२ को पावन अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सन्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्यूल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता गरेको छ ।

कार्यक्रम आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन आईटीसीकी सचिव रुपा गुरुङले गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ , तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, फोटो जर्नालिस्ट क्लबका महासचिव अनुप थापा र सार्वजनिक प्रशारण सेवाकी बोर्ड सदस्य श्री अनिता गुरुङको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

आईटीसी सचिवालय तथा पदाधिकारीहरूको औपचारिक गठनपछि आयोजित यो पहिलो तमू फोटो प्रतियोगिता थियो। प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। यसअघि व्यक्तिगत तथा समूहस्तरमा विभिन्न फोटो प्रदर्शनीहरू आयोजना भए तापनि संस्थागत तहमा यस प्रकारको पहिलो प्रतियोगिता भएकाले यो ऐतिहासिक र अत्यन्तै अर्थपूर्ण बनेको ल्होसार मुल आयोजकका संयोजक धर्मराज गुरुङ राजु ले बताउनु भयो ।

विभिन्न क्षेत्रका गुरुङ बस्तीहरूमा पुगेर खिचिएका १६८ वटा फोटोहरू प्रतियोगितामा प्राप्त भएका थिए। तीमध्ये गुरुङ बस्ती, संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो। प्रदर्शित फोटोहरूमध्ये उत्कृष्ट पाँच फोटोहरूलाई प्रथम, द्वितीय, तृतीय र दुईवटा सान्त्वना पुरस्कारअन्तर्गत नगद पुरस्कार यहि पुस १४ गते ल्होसार मुल आयोजन स्थल टुडिंखेलमा बितरण गरिएको थियो ।

पहिलो तमू फोटो प्रतियोगिताका विजेताहरुमा प्रथम पुरस्कारः राम गुरुङ

द्वितीय पुरस्कारः युनिश गुरुङ

तृतीय पुरस्कारः आश गुरुङ

सान्त्वना पुरस्कारः नवीन बाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन ।

पहिलो,दोश्रो ,तेस्रो लाइ पुरस्कार प्रमाणपत्र ,नगद रु १५०००र(,१२०००र(,१००००र( र सान्त्वना दुई जना लाई नगद तीन ( तीन हजार प्राप्त गरेका छन ।

फोटो प्रदशनी पहिलो पटक भएको र फोटोले टुडिंखेल देखि क्होलासोथर सम्म चित्रण गरिएको फोटोहरू मार्फत तमू ९गुरुङ० समुदायको समृद्ध सांस्कृतिक सम्पदा उजागर भएको

र गुरुङ संस्कार सस्कृती झल्काउने फोटो हरुले पक्कै पनि अर्को पटक यस्लाइ बृहत रुप गर्नुपर्ने विशेष अथिती तमु ह्युल छोंज धीं का वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ ले बताएका छन ।

अन्तर्राष्ट्रिय तमू परिषदले आगामी दिनहरूमा अझ व्यापक सहभागिता र थप विधासहित अझ बृहत फोटो प्रतियोगिता तथा प्रदर्शनीहरू आयोजना गर्दै तमू संस्कृति, पहिचान र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता आइटिसी का महासचिव अधिवक्ता राजु गुरुङले व्यक्त गरेको छन । उक्त फोटो हरु पुस १५ गते टुडिखेलमा समेत राखिएको थियो । यस फोटो प्रतियोगिताको पुरस्कार अन्तरास्ट्रिय तमु परिषद का उपाध्यक्ष प्रदिप गुरुङ र सचिव रुपा गुरुङले गर्नु भएको थियो ।