काठमाडौँ : तमू जातिको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तमू ल्होसार २०८२ को अवसरमा पहिलो पटक तमू फोटो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।” तमू ल्होसार तमू जातिको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान !पुस्तान्तरणसहितको समुन्नत सांस्कृतिक सभ्यताको विकास हाम्रो अभियान !! ” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा तमू समुदायको संस्कार, संस्कृति, भेषभूषा, गाउँबस्ती तथा जीवनशैली झल्किने फोटोहरूलाई प्राथमिकता दिइने अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) का महासचिव अधिवक्ता राजु गुरुङले जनाएको छ।
प्रतियोगिता २०८२ पुष १० गते बिहीबार बिहान ८ बजे काठमाडौंको मित्रनगरस्थित तमू अध्ययन स्रोत केन्द्र (तमू ह्युल छोँज धीं) केन्द्रीय कार्यालय मा हुने छ। प्रतियोगितामा सहभागी हुने फोटोहरू पुष ३ गते राति ११ बजेसम्म इमेल[email protected] मा पठाइसक्नुपर्ने छ। यस प्रतियोगितामा यो पहिलो पटक शुरु गरिएको हुँदा गुरुङ फोटो पत्रकारहरू लाई मात्र सहभागी हुन पाउने छन् भने AI प्रयोग गरी तयार गरिएका फोटोहरू मान्य नहुने स्पष्ट गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट फोटो चयन गरी प्रथम पुरस्कार १५,००० रुपैयाँ, द्वितीय पुरस्कार १२,००० रुपैयाँ, तृतीय पुरस्कार १०,००० रुपैयाँ नगद प्रदान गरिनेछ। साथै सान्त्वना पुरस्कार ३,००० रुपैयाँका दरले २ जनालाई प्रदान गरिनेतमू संचारकर्मी संघ का अध्यक्ष लाला गुरुङले जनाएको छ।
पहिलो,दोश्रो र तेस्रो पुरस्कार USGA का अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) का उपाध्यक्ष प्रदिप गुरुङले र अन्य पुरस्कारहरु
अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) का सचिव तथा तमू धीं दक्षिण कोरिया का पुर्व अध्यक्ष रुपा गुरुङले प्रायोजन गरेका छन ।
कार्यक्रम तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्, केन्द्रीय कार्यासमिती को समन्वयमा अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) को आयोजना तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (ATJON) को सह–आयोजनामा हुन लागेको हो। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि लाला गुरुङ (९८४१२९३७०९) लाई सम्पर्क गर्न सकिनेछ।
15 December 2025 13:37 PM | UPDATED 3 months ago





