पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता’ कार्यक्रममा मदरल्याण्ड माविका विशेषता तिवारी प्रथम भएका छन् । शनिबार पोखरा ३, नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविमा सम्पन्न प्रतियोगितामा उनले प्रथम स्थान हासिल गएका हुन् ।
विभिन्न विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुको प्रतिभा तथा लेखन क्षमतालाई तिखार्न यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने बताउनु भयो ।
प्रतियोगितामा माउन्ट अन्नपूर्ण माविका नेपाली शिक्षक दण्डपाणि सुवेदी, गुरुङ साहित्यीक मन्चका संस्थापक अध्यक्ष तथा मुक्तककार गौरी गुरुङ र मादी न्युजका सम्पादक सन्चारकर्मी रोश्नी गुरुङको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो भने संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, निर्णायक गौरी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष श्रीजङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सह(सचिव एवम् यस कार्यक्रमका संयोजक लोकबहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।






