राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपाल २०२५ (८ औं सिजन) मा “गरिमा तमूस्यो” ले सशक्त दाबेदारी प्रस्तुत गर्दै आफूलाई प्रतिस्पर्धाको अग्रपङ्क्तिमा राख्न सफल भएकी छन्। पछिल्लो मतदान नतिजा अनुसार, उनी शीर्ष ३ मा रहेकी छिन्। प्रतियोगिताको छनौट चरणको अडिसन देखिनै उनले आफ्नो बौद्धिक क्षमता, आत्मविश्वास, व्यक्तित्व र सौन्दर्यद्वारा प्रशिक्षणको पहिलो हप्तादेखि नै निर्णायक र प्रशिक्षकहरुको ध्यान आकर्षण गर्न सफल भएकी छिन्।
मोरङ बेलबारी वडा-४ निवासी गरिमा तमूस्यो एउटा सामान्य परिवारमा हुर्किएकी हुन्। बाबा द्वारिका तमू र आमा प्रतिभा तमूस्यो को एक्लो छोरी उनी काठमाडौँको मनमैजु, तारकेश्वर नगरपालिकामा बसाई गरिरहेकी छिन्। अहिले उनी कालंकीस्थित एडमार्क कलेजमा समाजशास्त्र विषयमा तेस्रो वर्षमा अध्ययनरत गर्दै छन्। उनले वि.सं. २०७४ मा सुप्रीम मोडल इंग्लिश मिडियम बोर्डिंग स्कूलबाट एसईई पूरा गरेकी छिन्। स्कूल देखि नै गरिमा धेरै सक्रिय र सबै क्षेत्रमा उत्कृष्ट थिइन्। उनले गायन, अंग्रेजी हस्तलेखन आदि जस्ता धेरै स्कूल स्तरीय प्रतियोगिताहरू जितेकी छिन्। साथै उनले काठमाडौं उपत्यका स्तरीय जित कुन डो मार्शल आर्ट च्याम्पियनशिपमा स्वर्ण पदक जितेर आफ्नो स्कूलको गौरव पनि बढाएकी छिन्।
आत्मविश्वास, आत्मनिर्भर, मेहनती र लगनशील संगै उनी खेलकुद, मनोरञ्जन, पढाइ समेत अब्बल सावित हुँदै आएकी छन् ।उनको उत्कृष्ट प्रदर्शनका कारण, उनले वि.सं. २०७३ मा एसईई गर्दै गर्दा “स्टुडेन्ट अफ दि इयर” को उपाधि जितेर आफ्नो नाम कमाएकी थिइन्।
उनी राष्ट्रिय स्तरको प्रतियोगिता मिस ग्रान्ड नेपाल जित्ने दृढ विश्वास राख्छिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्ने आशा राख्छिन्। यो लक्ष्य हासिल गर्न, उनी आयोजक आर.के. इन्टरटेन्मेन्ट ग्रुप द्वारा प्रदान गरिएको ३५ दिने लामो तालिममा आफूलाई सुधार गर्न धेरै कडा परिश्रम गरिरहेकी छिन् र यो अवसरको लागि आयोजकप्रति गहिरो कृतज्ञता व्यक्त गर्छिन्।
भविष्यमा उनले महिला सशक्तिकरणको लागि काम गरेर, नेपाली संस्कृतिको प्रवर्द्धन गरेर र नेपालको पर्यटनको बारेमा जागरूकता जगाएर समाज र राष्ट्र दुवैमा योगदान पुर्याउने लक्ष्य राखेकी छिन्।
अन्तत: उनी सौन्दर्य प्रतियोगितालाई केवल प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व सुधार्ने र जीवनमा व्यावहारिक अर्थ थप्ने प्लेटफर्म पनि मान्छिन्।आयोजक आर.के. इन्टरटेनमेन्ट ग्रुपले यस वर्षको प्रतियोगितालाई अझ परिष्कृत र व्यावसायिक बनाएको जानकारी दिएको छ। साथै यो वर्षको विजेताले नगद, EV स्कूटर, ‘गुडविल एम्बासडर’को उपाधि, नेपाली चलचित्रमा अभिनय अवसर र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विशेष अवसर पाउनेछिन्।
कार्यक्रमको समापन ३ साउन २०८२ मा नेपाल पुलिस क्लब, द ब्लू प्याभिलियन, प्रदर्शनी रोड, काठमाडौंमा हुने तय भएको छ।