पोखरा : तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शैक्षिकसत्र २०८२ को लागि नयाँ विद्यार्थी छनौट गर्न शनिबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा ‘छात्रवृत्ति छनौट परीक्षा’ सम्पन्न गरेको छ । संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षा उपसमितिका संयोजक श्रीजङ तमुले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने प्रश्नपत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लोकबहादुर तमुले प्रष्ट पार्नुभएको थियो ।
बिगत १६ बर्षदेखि निरन्तर रुपमा ग्रामीण भेगका सार्वजनिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा लिई सन्चालन गर्दै आइरहेको छात्रवृत्ति वितरण कार्यक्रमका लागि यस बर्ष कास्की, तनहुँ, स्याङ्जा र पर्वतका विद्यार्थीहरुलाई समेटेको जानकारी संयोजक तमुले बताउनु भयो ।
चार जिल्लाका विभिन्न विद्यालयहरुबाट ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको यस परीक्षामा लिखित र मौखिक मुल्यांकनबाट उत्कृष्टताको आधार ८ जना विद्यार्थीहरु छनौट गरिने र यस बर्षबाट छात्रवृत्ति रकम वृद्धि गरि बार्षिक रु १२,हजार र ( प्रति व्यक्ति कक्षा ९–१२ सम्म निरन्तर रुपमा प्रदान गरिने संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, प्रधानाध्यापकहरु एवम् शिक्षकहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।