गीत–संगीत

सिङ्गिङ स्टार नेपालको फाइनलिष्ट अरमान गुरुङद्धारा भोटको अपिल

पोखरा :  प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुदैँ आएको सिङ्गिङ स्टार नेपालको उत्कृष्ट ५ मा रहदैँ फाइनलमा पुगेका स्याङ्गजाको फेदीखोला गाउँपालिका २ का अरमान गुरुङले आफुलाई भोट गरि जिताउन अपिल गर्नुभएको छ । यहाँ सम्म आइपुग्न दिएको साथ सहयोगको लागि धन्यवाद दिदैँ सिङ्गिङ स्टार नेपालको उपाधी जित्नका लागि पनि सहयोगको आग्रह गर्नुभएको हो ।
निर्णायक/जजहरुबाट समेत राम्रो प्रशंसा पाउँदै आउनुभएका अरमान गुरुङ उपाधीका लागि बलियो दाबेदार हुनुहुन्छ ।अरमानलाई भोट गर्न  www.AVENTOZ.vom मा गई SINGING STARKO  ब्यानरमा क्लिक गरेपछि दोश्रोमा नम्बर अरमान गुरुङ पोखरा लेखेको ब्यानर आउनेछ । सो ब्यानरबाट भोट गर्न सकिने छ । सिङ्गिङ स्टारको ग्राण्ड फिनाली जेठ ३ गते हुदैँ छ ।
बाबु भानु गुरुङ र आमा राजी गुरुङको दुई छोरा  मध्य कान्छो छोरा हाल पोखरा बस्दै आउनुभएका अरमान उत्कृष्ट प्रस्तुुती दिदैँ फइनलमा पुग्न सफल हुनुभएको छ ।
हाल कालिका माविबाट कक्षा १२ को परिक्षा दिइरहनुभएका अरमानको खेलकुदमा समेत उतिकै लगाव छ । विभिन्न प्रतियोगिताहरुमा समेत गोलमेडल जित्नुभएको छ ।