गुल्मी : तमू भाषा तथा खेमालिपि संस्कार संस्कृति संरक्षण सम्बन्धि प्रशिक्षण सुरु भएको छ । गुल्मीको स्मा गाउँपालिकाको आर्थिक सहयोग तथा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद इस्मा गाउँ समितिको आयोजनामा गुम्बा डाडाँ कल्यारमा आजदेखि प्रशिक्षण सुरु भएको हो ।
तमु ह्युल स्मा गाउँसमितिका अध्यक्ष ठग बहादुर गुरुङको सभापतित्व तथा स्मा गाउँपालिका अध्यक्ष भगतसिङ खड्काको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्र सम्पन्न भएको हो ।
कार्यक्रमको समुद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खड्काले देश भित्र रहेको सम्पुर्ण मातृभाषा लिपि संस्कार संस्कृती देशकै गहना र सम्पत्ती रहेको बताउनुभयो । गुल्मी जिल्लामा रहेको गुरुङ जातीको भाषा संस्कृतिलाइ जगेर्ना गर्न आफू लागि परिरहेको बताउनुभयो ।
प्रशिक्षक भिम गुरुङले भाषा लिपि र संस्कृती हाम्रो जातिय पहिचान भएकोले यसको संरक्षण र सम्बर्धन गर्न राज्यलाई घचघच्याउदै हामी पनि आफ्नो ठाउँबाट एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तमु भाषा खेमालिपि अभियान्ता भिम गुरुङको विशेष अतिथि तथा तथा गुल्मी जिल्ला समन्वय समिती सदस्य सुनिता जिसि ,तमु ह्युल छोज धिँ लुम्बिनी प्रदेश सचिव आशिष गुरुङ , चार नम्वर वडाध्यक्ष राजु बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
५६ जना प्रशिक्षार्थी सहभागी कार्यक्रममा तमू भाषा लिपि अभियानता भिम गुरुङ र आशिष गुरुङ्ले सात दिन सम्म प्रशिक्षण दिनुहुनेछ ।