ब्यानर

प्रेस स्वतन्त्रता दिवसमा तमू सञ्चारकर्मी र तमू साहित्यकारहरुबीच भेटघाट

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ३ (आज) तमू सञ्चारकर्मी र साहित्यकारहरुबीच भेटघाट र छलफल भएको छ ।

काठमाडौंमा रहेका साहित्यकार र सञ्चारकर्मीहरुबीच भेटघाट गर्दै आफ्ना अनुभव आदानप्रदान गर्दै सो दिवस मनाइएको हो ।

नेपाल मुक्तम प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको संयोजन र तमू सञ्चारकर्मी संघ नेपाल (एटजोन)का अध्यक्ष लाला गुरूङको सहजीकरणमा भएको कार्यक्रममा सञ्चारकर्मी र साहित्यकारबीच एकापसमा चिनजान गर्दै आआफ्नो अनुभव प्रस्तुत गरिएको थियो ।

काठमाडौंमा पहिलोपटक भएको सञ्चारकर्मी र साहित्यकारहरुबीचको जमघट फलदायी बनेको मुक्तक प्रतिष्ठानका अध्यक्ष कोनेले बताए । त्यस्तै, एटजोनका अध्यक्ष लाला गुरूङले तमू संघसंस्थाबीच आगामी दिनमा आपसी सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा पीएसबी बोर्ड सदस्य अनिता गुरूङ, वरिष्ठ पत्रकार चुनबहादुर गुरूङ, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक बद्रीकाजी गुरूङ, एटजोनका पूर्वअध्यक्ष गणेशमान गुरूङ, डण्ड गुरूङ लगायत साहित्यकारहरु सितल कादम्बिनी, जसध्वज गुरूङका साथै सफल व्यवसायहीहरु लालकाजी गुरूङ, बद्रीकाजी गुरूङ लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।