ब्यानर

सञ्चारिका समूह चितवनको अध्यक्षमा गीता गुरुङ

चितवन । तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाकी सहसचिव गीता गुरुङ सञ्चारिका समूह चितवनको अध्यक्षमा चयन भएकी छन्। सोमबार भरतपुरस्थित नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा
सम्पन्न चौथो अधिवेशनले गुरुङको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शीला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सहसचिवमा सविता दराईलाई चयन गरेको छ। त्यसैगरी कार्यसमिति सदस्यहरुमा आश्मा राई, श्रीजा थापा, सविता महतो, पुनम थापामगर, करिश्मा गुरुङ, यात्री छिँदाल, संगीता बानियाँ, दीपा गौतम, दिप्ती विक र बन्दना देवकोटालाई चयन गरिएको छ।

अध्यक्ष गुरुङ करिब एक दशकदेखि चितवनको पत्रकारितामा सक्रिय छिन्। उनी कालिका एफएममा कार्यरत छिन्।