प्रवास

च्यारिटी डिनर नाइट आयोजना गर्दै तमू धीं युके

लन्डन । तमू धीं युके लन्डन इकाइको यही मार्च २९ मा च्यारिटी डिनर नाइट हुने भएको छ।

लन्डनस्थित ग्रिन फोर्ड टाउन हलमा पहिलो फन्डराइजिङ च्यारिटी डिनर नाइट–२०२५ आयोजना गरिन लागेको इकाइका अध्यक्ष भरत गुरुङले जानकारी दिए। कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुनेछ।

अध्यक्ष गुरुङले परोपकारी कार्यका लागि डिनरनाइट हुन लागेकोले उपस्थित हुन बेलायत निवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई आग्रह गरेका छन्।