गुरुङ विशेष

तमूस्यो ह्युल छोंज धींको पार्षदसभा धादिङबेंसीमा सम्पन्न

  • रेखबहादुर गुरुङ

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद को १४औं केन्द्रीय पार्षदसभा सकिएको छ। ‘तमू संस्कार, संस्कृति, भाषा, लिपि, भेषुभुषा हाम्रो पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको पार्षदसभामा २१ जिल्ला र ४ प्रदेशबाट १२५ भन्दा बढी प्रतिनिधिहरु सहभागीता थिए।

४७ जिल्लाबाट प्रतिनिधि आउने कुरा भए पनि सडकको अवस्था र अन्य केही कारणले कम जिल्लाबाट प्रतिनिधि सहभागी भएका तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदकी सचिव संगीता तमूस्योले बताइन्।

परिषदकी अध्यक्ष टिचन तमूस्योको अध्यक्षतामा सम्पन्न पार्षदसभामा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर तमू प्रमुख अतिथि थिए।

पार्षदसभामा महासचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सहभागी जिल्ला प्रतिनिधिहरुले पनि सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।